नयाँ नगरपालिका र गाउँपालिका सहित जिल्लाको नक्सा गाउपालिका र नगरपालिका कायम गर्ने गरि धनुषा जिल्लाको स्थानीय तहको संख्या पूर्ण बिबरण सहित निजामती कर्मचारीहरुको विवरण बहुक्षेत्रीय पोषण कार्याक्रमकोको अभिमुखिकरण कार्यक्रम सम्पन्न नि.क्षेत्र र ईलाकागत गा.वि.स तथा नपाको विवरण निर्बाचन क्षेत्र कार्यक्रम अन्तर्गत इन्जीनियर र सब इन्जिनियर पदको अन्तर्वार्ता सम्बन्धि सूचना निर्वाचन क्षेत्र विकास कार्यक्रमका योजनाहरु आ.ब.२०७३।०७४ नि.क्षेत्र न‌‍. ६ का नि.क्षेत्र पू.वि.कार्यक्रमअन्तर्गतका योजनाहरुको विवरण नि.क्षेत्र पू.वि.कार्यक्रमअन्तर्गतका योजनाहरुको विवरण आ.ब. २०७३।०७४ सिमा क्षेत्र विकास कार्यक्रम विज्ञापनको विस्तीत विवरण

संक्षिप्त परिचय

नेपालको मध्यमाञ्चल विकास क्षेत्र जनकपुर अन्चलका ६ वटा जिल्ला मध्येमा धनुषा पनि एक हो । यो जिल्ला जनकपुर अञ्चलकै सदरमुकाम जनकपुर यसै जिल्लामा पर्दछ । यस जिल्लाले पुर्वमा सिरहा, पश्चिममा महोत्तरी, उत्तरमा सिन्धुली, उदयपुर र दक्षिण तर्फ भारतको विहार राज्यका विभिन्न जिल्लाको सिमानालाई छोएको छ । व्यापारिक र प्रशासनिक बाहेक धार्मिक महत्व ओगटेकोे यो जिल्लाको महत्व नेपालमा मात्र नभएर नेपाल बाहेक भारत लगायत विश्वका विभिन्न देशका हिन्दु धर्माबलम्बीको वीचमा रहेको छ ।
प्राचीन कालमा हालको जनपुर क्षेत्र मिथिलापुरीको सभ्यता उपनिषदकालको समयमा सर्वौच्च शिखरमा पुगेको पाइन्छ । त्यस समयका शासकहरु सभ्य र उदार भएको कारण मिथिलापुरीमा अध्यात्मिक शिक्षा दर्शन तथा उपनिषदहरुको अत्यन्त विकास भएको इतिहासमा पाइन्छ । सत्ययुगको अन्त्यतिर गएर बैष्णब भगवान विष्णुका अनुयायीहरुको प्रयासबाट मिथिलापुरीको खोज र पुनर्जागरण गरी मिथिलाराज्य जनकपुरको नाममा प्रतिस्थापित हुन पुगेको देखिन्छ । नेपालको एकीकरण पछि नेपालको तराई भुभागमा रहेको यो मिथिलापुरी क्षेत्रको महत्व पौराणिककालदेखि जुन रुपमा रही आएको थियो अझ त्यो भन्दा बढीरुपमा धार्मिक र पछि थप पर्यटकीय रुपमा समेत आज यो क्षेत्रको महत्वमा श्रीवृद्धि भई रहेको छ ।
जनकपुर नगरीले नेपालको ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्व बोकेको छ । त्रेतायुगका राजा महर्षि जनकको उत्कृष्ट राजधानी जनकपुर अहिले एक विशिष्ठ धार्मिक र पर्यटकीय स्थलका रुपमा समेत विकसित हुदै गईरहेको छ । त्रेतायुगमा मर्यादा पुरुषोत्तम श्रीरामसंग जानकीको विवाह पश्चात यस क्षेत्रको गरिमा अझ
उत्कर्षमा पुगेको पाईन्छ । यहा भगवान राम र सीताको शुभबिबाह सम्पन्न भएको हुनाले देशका विभिन्न स्थानवाट वैवाहिक कार्यकोलागि यसै स्थानमा आउने गर्दछन । यस स्थानमा विवाह गर्नाले वर वधुको जीवन सफल हुने विश्वास सर्वत्र गरिन्छ । त्यस्तै श्रीरामचन्द्र भगवानले आफ्नो वाणवाट जमिनको पानी निकाली नुहाएको स्थान आज गंगासरको नामले प्रसिद्धि छ । यस स्थानमा नुहाउनाले मानिसको छाला सम्बन्धि रोगहरु र पानी खानाले पेट सम्बन्धिका रोगहरु निको हुने  विश्वास गरिन्छ ।
धनुषा जिल्लाको हालको स्वरुप कोशी देखि गण्डकी र गंगा देखि हिमालय सम्म फैलिएको वृहद मिथिला प्रदेशको युगान्तरमा खुम्चिदै गइ सानो स्वरुप नै हो भन्नु अतिश्योक्ति नहोला । किंवदन्ती अनुसार पुर्व वैदिक युगमा जनविहीन रहेको यो क्षेत्रको अन्वेषण माथव विदेधले गरेका थिए मुखमा अग्नी लिई यस वनले ढाकिएको अनकन्टर प्रदेशमा आईपुग्दा उनको मुखमा रहेको अग्नी वाहिर आई सम्पुर्ण वनको विनाश भए पश्चात यहाँ मानव वसोवास शुरु भएको थियो । त्रेतायुगमा जनकवशका वाईसौं राजा शीरध्वजले प्रजाहरुलाई
अनिकालवाट मुक्ति दिलाउन आफै हलो जोत्न थाल्दा भुमीवाट वालिका जानकी उत्पन्न भईन् जसको कारणवाट यस प्रदेशको गाथा पवित्र र विस्थापित भएको पाईन्छ । सर्वगुण सम्पन्न श्रीजानकी को विवाहका लागि स्वयंवर लिन ईच्छुक विभिन्न प्रदेशवाट आएका शक्तिसम्पन्न राजकुमारहरु मध्येवाट शिवधनुषमा तांदो चढाउने लाई वरको रुपमा ग्रहण गर्ने राजा शीरध्वजको शर्तमा अयोध्यावाट आएका दशरथपुत्र श्रीराम वाहेक कोही उतिर्ण हुन सकेनन् । श्रीरामले सो धनुषमा तांदो चढाउन लाग्दा अत्यधिक वजनले सो धनुष खण्डीत हुन पुग्यो । सो धनुषको एक टुक्रा झरेको स्थानलाई धनुषाधाम भनिन्छ । यसै वाट जिल्लाको नाम धनुषा भनी नामाकरणा भएको पुष्टि हुन्छ ।
रामजानकी मन्दिरमा मार्ग महिनाको पञ्चमी तिथिमा भगवान रामचन्द्र र सीताको बिबाहको स्मरण स्वरुप बिबाहपञ्चमी पर्व मनाउन नेपाल लगायत भारतका विभिन्न स्थानहरुबाट लाखौ धर्माबलम्बीहरु आई रामजानकी बिबाह महोत्सबमा भाग लिई रामजानकी मन्दिरको श्रद्धापूर्वक दर्शन गरी फर्किन्छन् । यस अबसरमा यो महोत्सब मनाउन गठित समिति र स्थानीय प्रशासनिक क्षेत्रको समेत सहयोगमा विवाह पञ्चमीको मध्यान्हमा राम बिबाह महोत्सबको कार्यक्रमहरु सम्पन्न गरिन्छ । यसको साथै प्रत्येक वर्ष तिहारपछिको षष्ठी तिथिमा यहाका पोखरीहरुमा गरिने छठ पूजाको पनि आफ्नै किसिमको महत्व रहेकोछ । दशै तिहारको विदाको समयमा नआउने व्यक्तिहरु पनि देश वा बाहिर जहाँ रहेपनि यो छठ पर्वको अवरमा आई आ–आफ्नो परम्परा अनुसार पूजाआर्जा गर्ने गर्दछन् । रामजानकीको पबित्रस्थल जनकपुरको साथै यसै जिल्लाभित्र धनुषाधाम गा.वि.स.मा स्थित धनुषाधामको पनि कम महत्व रहेको छैन । भगवान रामचन्द्रले सीताको कन्यार्थका समयमा महर्षि दधिचि ऋषिको हाडबाट निर्मित धनुष उठाएर भाचिदा ३ टुक्रामध्ये एउटा टुक्रा आई धनुषाधाममा रहेको भनाई रहेको छ । यस पवित्रस्थलमा नेपाल र भारत एबं विदेशका श्रद्धालु भक्तजनहरु रामजानकीको साथै यहाको पनि दर्शन गरी फर्किने गर्दछन् । यसको साथै यहँको धार्मिक परम्पराअनुसार प्रत्येक वर्ष माघ महिनामा नेपाल लगायत विदेशका श्रद्धालुभक्तजनहरु आई १५ दिन यस क्षेत्रको कचुरी ठेराबाट मिथीला बिहारी भगवानको डोला सहित जनकपुरको वरिपरि भारतका केही भाग एवं महोतरीका केही भागको समेत परिक्रमा गरी फर्किने अर्को धार्मिक परम्परा पनि यस क्षेत्रको महत्वपूर्ण परम्पराको रुपमा रहेको छ ।
नेपालमा पशुपतिनाथ पछि सबै भन्दा बढी धार्मिक श्रद्धालु आउने स्थलहरुमध्येमा जनकपुरको स्थान दोस्रो रहेको छ भने यसपछि लुम्बिनीको स्थान आउदछ । धार्मिक महत्वको साथै उद्योग व्यापार यातायात संचार र विकासका अन्य गतिविधिसमेतको आधारमा यस जिल्लाको महत्वपूर्ण स्थान रहेको छ । नेपालका पहिलोे रेलवे सेवा यसै स्थानमा पर्दछ । नेपाल र भारतको सिमानालाई रेलवाट जोडने यातायात सेवा यसै जिल्लामा पर्दछ ।
धनुषा जिल्ला विभिन्न उद्योगहरु रहेका छन ती मध्ये नेपालको पहिलो चुरोट कारखाना जनकपुर चुरोट कारखाना यसै जिल्लामा रहेको छ । ती वाहेक एभरेष्ट कागज कारखाना, नोवेल ग्यास उद्योग र तेज सिमेन्ट उद्योग मैदा उद्योग यसै जिल्लामा पर्दछन । यस जिल्लामा ठुला परियोजनाहरु र कृषि फर्महरु रहेका छन ती मध्ये हर्दिनाथ सिचाई आयोजना, कमला सिचाई आयोजना, मत्स्य विकास आयोजना, बागवानी फर्म , चरण विकास फार्म र कृषि विकास आयोजना नक्टाझिझ, कृषि अनुसन्धान केन्द्र बेलाचापी रहेका छन ।
    यातायातको हिसाबमा महेन्द्र राजमार्गले छेडेको र महेन्द्रराजमार्ग देखि जनकपुर हुदै जलेश्वर मटिहानीका साथै जनकपुरबाट हुलाकी सडक हुदै कमला नदी र सिरहा जिल्ला सँग सम्र्पक हुनु र विभिन्न क्षेत्रमा निर्मित उत्तर दक्षिण सडकहरुले पनि यस जिल्लका एक ठाउँबाट अर्को क्षेत्रका जनताबीचमा नजिक बनाउन महत्वपूर्ण भुमिका निर्वाह गरेको छ । यातायातको हिसाबमा भोलिका दिनमा बर्दिवास सिन्धुली बनेपा सडक सम्पन्नपछि हुने आवागमनका सुगमताले पनि यस जिल्लालाई व्यापारिक क्षेत्रमा भारत र राजधानी काठमाण्डौलाई एकैसाथ नजिक्याउनमा सफल हुने र यसको निमार्णपछि यस जिल्लाको आर्थिक गतिविधिमा पनि परिवर्तन हुने निश्चित भएको छ ।
जनसांख्यिक विवरण :
२०६८ सालको जनगणना अनुसार धनुषा जिल्लामा १३८२४९ घरधुरीमा पुरुष ३७८५३८  र महिला ३७६२३९ गरी जम्मा ७५४७७७ जनसंख्या रहेको छ । जस अनुसार यस जिल्लामा पुरुष ५०.१५ प्रतिशत र महिला ४९.८४ प्रतिशत रहेको छ ।
भौगोलिक अवस्थिति :
नेपालको मानचित्रमा यो जिल्ला २५० ३५’ देखि २७० ५’ उत्तरी आक्षाँश रेखा र ८५० ५’ देखि ८६० २’  पूर्वी देशान्तर रेखाको बीचमा रहेको छ । यस जिल्लाको कुल क्षेत्रफल ११९० वर्ग किलोमिटर रहेको छ । लगभग माप अनुसार उत्तर–दक्षिण औसत लम्बाई ४५.२७ कि.मी., पर्व–पश्चिम औसत चौडाई २७.४७ कि.मी., अधिकतम लम्वाई ५८ कि.मी., कम लम्वाई ३९ कि.मी., वढी चौडाई ३४ कि.मी., कम चौडाई २२ कि.मी. रहेको झण्डै चरा स्वरुपको यो जिल्ला नदीनाला र वनजंगल जस्ता प्राकृतिक श्रोत साधनमा पनि धनी नै मानिन्छ ।

राजनैतिक तथा प्रशासनिक विभाजन:
विकास क्षेत्र         मध्यमाञ्चल
अञ्चल              जनकपुर
जिल्ला               धनुषा
भौगोलिक क्षेत्र     तराई
निर्वाचन क्षेत्र        ७
इलाका संख्या        १७
गा.वि.स. संख्या    ७१
उपनगरपािलका स‌‌ख्या १
नगरपालिका संख्या   ५
सदरमुकाम         जनकपुरधाम
सरकारी कार्यालयहरु    ६२


Skip to toolbar